होमपेज / अर्थ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्र बैंकका गभर्नर, अर्थसचिवसहित निजी क्षेत्रको छाता संगठनका प्रतिनिधिलगायत बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गरे ।
प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।’