ट्रेण्डिङ

होमपेज / अर्थ

सुन-चाँदीको मूल्य घट्यो 

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार ११:०९:३३ मा प्रकाशित

काठमाडौँ । शुक्रबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले घटेकाे छ । 

बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ  ।  

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३८  अमेरिकी डलर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top