होमपेज / अर्थ
काठमाडौँ । मंगलबार प्रतितोला एक लाख एक हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।