होमपेज / अर्थ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ५१ पैसा घटेको हो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ८२ पैसा र बिक्रीमा १५८ रुपैयाँ ५४ पैसा पाइन्छ।
आइतबार पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २ पैसा तोकिएको छ।