ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार फेरि ओरालोतिर,नेप्से २१ सय विन्दुबाट झर्यो

नेपालगाथा २०७९ फाल्गुण ३ गते बुधबार १६:२२:०७ मा प्रकाशित

काठमाडौं । शेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।

आइतबार नेप्से परिसूचक ६० अंक  र मंगलबार १६.६० अंकले घटेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ।  यसदिन २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ७८ करोडको कारोबार भएको थियो।

नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा अडिएको छ। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा अपी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top