ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्य घट्यो,

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार १२:३३:२२ मा प्रकाशित

काठमाडौं ।  छापावाल सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले  घटेको छ। अघिल्लो दिन प्रतितोला  १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top