ट्रेण्डिङ

होमपेज / अर्थ

सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको  निर्देशन

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार ११:१८:४६ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निणर्य गरेको थियो । राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top