ट्रेण्डिङ

होमपेज / अर्थ

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.४३ अंक बढेर बन्द

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १५:५७:२६ मा प्रकाशित

काठमाडौं । सेयर बजारले मौद्रिक नीति समीक्षालाई स्वागत गरेको छ ।

 साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.४३ अंक बढेर बन्द भएको छ । आज नेप्से बढेर २१८२.६१ विन्दुमा पुगेको छ भने दुई अर्ब ६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । म्युचुलअ फण्ड समूहको परिसूचक ०.१६ अंकले घटेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top