ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्सेमा ७.१३ अंकको गिरावट, नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १५:३३:४३ मा प्रकाशित

काठमाडौं । नेप्से सूचक सामान्य घटेको छ ।  मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको थियो । तीन अर्ब ३६ करोडको कारोबार भएको थियो । 

बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ । नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । यस दिन २५७ कम्पनीको सेयर किनबेच भएको छ । एक करोड पाँच लाख कित्ता सेयर खरिद–बिक्री भएको छ ।

बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

यस दिन कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि छ । नेपाल रिको ११ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top