ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १२:१४:५८ मा प्रकाशित

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ ।यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासंघले जनाएको छ ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top