होमपेज / अर्थ
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ ।
आज २६० कम्पनीको तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ किक्ता सेयर किनबेच भएको छ । मंगलबार फराकिलो अंकको वृद्धिले सम्भवतः बजारमा करेक्सन समाप्त भएर पुनः बुलिस मुड बजार देखिएको अनुमान गरिएको छ । उच्च अंकको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । यसअघि सोमबार बजार बन्द हुँदा नेप्से २१०० को मनोवैज्ञानिक विन्दुमा उक्लिएको थियो ।
आज लगानी समूहको समूहगत सुचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स समूहको ५.९४ प्रतिशत, हाइड्रोपावर उपसमूहको ५.३१ प्रतिशत, विकास बैंक उपसमूहको ५.०७ प्रतिशत र समूहगत सचूक बढेको छ ।