ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से सूचक बिहीबार २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १५:३४:४७ मा प्रकाशित

काठमाडौं ।  नेप्से सूचक बिहीबार २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा आएको छ ।

 नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । बिहीबार २ सय ५७ कम्पनीको शेयरमा लगानीकर्ताले २ अर्ब ९ करोड रुपैयाँको मात्रै कारोबार गरेका छन् । यो पछिल्लो एक महिनायताकै थोरै कारोबार हो । बुधार भने यस्तो कारोबार १ अर्ब ७६ करोडको भएकोमा बिहीबार पुन: घटेर १ अर्ब ९ करोडमा आइपुगेको हो । 

सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top