होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से सूचक १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा अडिएको छ ।
नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो ।
बजार घटेपछि आज अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ भने अन्य दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।
नेप्सेमा गिरावट भएपनि सामबार कारोबार रकम भने ४ अर्ब नजिक पुगेको छ । १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ३ अर्ब ८६ करोड ४० लाख ९ हजारको कारोबार भएको छ ।