ट्रेण्डिङ

होमपेज / अर्थ

बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरू देखिएको छ:अर्थमन्त्री पौडेल

नेपालगाथा २०७९ माघ ९ गते सोमबार १४:१६:४६ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरूमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरू देखिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताए । उनले  महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए । 

उनले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top