ट्रेण्डिङ

होमपेज / अर्थ

अर्थमन्त्री पौडेलले भने:चिन्ताजनक अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरिरहेको छु

नेपालगाथा २०७९ माघ ४ गते बुधबार १७:२७:२५ मा प्रकाशित

काठमाडौं ।   उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले अर्थतन्त्र सूक्ष्म ढंगले बुझ्ने प्रयास गरिरहेको बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताए । उनले अर्थतन्त्र सुधारको प्रयास भइरहेको भन्दै निजीक्षेत्रका केही गुनासा सम्बोधन गरिएको बताए । उनले अर्थतन्त्र समस्यामा पर्नुको कारण पत्ता लगाएर सही नीति लिइने बताए । 

‘मेरो मनमा यौटा प्रश्न छ, हामीले अर्थतन्त्रले धेरै ठूलो प्रहार सहनु परेको छ । भूकम्प र नाकाबन्दी हामीले सामना गर्‍यौं । कोभिड संसारले भोगेको हो,’ उनले भने, ‘भूकम्प जस्तो चुनौती सामना गरेको, भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र सम्हाल्दै आएका हौं, सरकार, निजी क्षेत्र र सरकारले सहकार्य गर्दै जोगाएका थियौं ।’

‘कोभिडमा पनि सामना गर्न सकेका र आज भूकम्प छैन, नाकाबन्दी छैन, कोभिड व्यवस्थापन भइसकेको भएपनि हामी आर्थिक रुपमा किन चिन्ताजनक अवस्था छौं ?,’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा आयौं ? किन इन्जिन चेक गर्ने अवस्थामा आयौं ?’

अहिले जे जस्ता समस्याको चर्चा भइरहेको छ ११ पुसमा अर्थ मन्त्रालयमा छिरेदेखि त्यसको अध्ययन गरिरहेको उनले बताए । ‘म अहिलेपनि अपेक्षा र गुनासा सुन्दैछु । यो समस्या यही रुपमा रहन दिनु हुँदैन । म समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छु,’ उनले भने, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top