होमपेज / अर्थ
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएका हुन्। यससँगै नयाँ भाडादर आगामी बुधबार (पुस २७) गतेबाट लागू हुने भएको छ। सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ। यसअघि उक्त रुटमा यात्रुहरुले ८ हजार ३९५ रुपैयाँ भाडा तिर्दै आएकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ। यससँगै उक्त रुटको फूल फेयर (अधिकतम) भाडा १६ हजार १४० मा झरेको छ।
नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ। माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर ५ हजार ८३५ रुपैयाँ कायम भएको छ।