ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट

नेपालगाथा २०७९ पौष १९ गते मंगलबार १६:३७:२७ मा प्रकाशित

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । 

गत कारोबार दिन सेयर बजार राम्ररी बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो। यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा रोकिएको हो । आज २०५० विन्दुसम्म झरेको नेप्से अन्तिम १२ मिनेटमा बढेको हो । अन्तिम १२ मिनेटमा खरिदकर्ता सक्रिय हुँदा नेप्से उकालो लागेको भएपनि समग्रमा भने घटेको हो । 

नेप्से परिसूचक सामान्य घटेपनि सोमबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। 

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँमा पुगेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top