ट्रेण्डिङ

होमपेज / अर्थ

साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि,२०६३.८३ बिन्दुमा नेप्से

नेपालगाथा २०७९ पौष १८ गते सोमबार १५:४७:०६ मा प्रकाशित

 काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो ।

सोमबार नेप्से परिसूचक १७.५६ अंकले बढेको छ।आज नेप्से परिसूचक ०.८६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेर बन्द भएको छ। आज दिनभर नेप्सेले अधिकतम २०७० अक चुम्यो भने न्यूनतम २०२९ अंकसम्म तल झर्न पुग्यो । अन्तिमको डेढ घण्टा बजारले करेक्सन लिँदा नेप्से १७ अंकको वृद्धिमा सीमित हुन पुग्यो । 

गत कारोबार दिन अर्थात् आइतबार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँमा सीमित भएको छ। 

यसरी आज कारोबार आएका १५९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा धौलागिरि लघुवित्त र र्सिजनशील लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य तीनवटा कम्पनीको शेयरमूल्य पनि सर्किट लेबलमै बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top