होमपेज / अर्थ
काठकाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च वृद्धि देखिएको छ ।
बिहीबार नेप्से सूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा आएको छ । बजारले लामो समयपछि फेरि २ हजार विन्दुमाथि आइपुगेको हो । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा पुगेको छ।
यस दिन २५७ वटा धितोपत्रको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ।बिहीबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्कित लागेको थियो । सकारात्मक सर्किट लागेकालगायत २ सय ८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
बिहीबार हिमालय ऊर्जा, सानिमा लाइफ इन्स्योरेन्स, श्रृजनशिल लघुवित्त, धैलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। हिमालय ऊर्जा, सानिमा लाइफ इन्स्योरेन्स, श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशत, धैलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्स र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन गर्ने आवश्वासन दिएका छन् । यसबाट निजी क्षेत्रको पनि आत्मबल वृद्धि भएको छ । बजार सधैं एउटा रेखामा मात्र हिँड्दैन भन्नेतर्फ पनि ख्याल गर्दै जोखि म बहन क्षमता, समग्र बजारको ट्रेन्डलगायतलाई पनि ख्याल गर्न जानकारहरुले सुझाव दिने गरेका छन् ।