ट्रेण्डिङ

होमपेज / अर्थ

साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेपालगाथा २०७९ मंसिर २६ गते सोमबार १६:३५:४१ मा प्रकाशित

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ ।

सुरुवात र अन्तिम समयमा शेयर किन्ने लगानीकर्ताको चाप बढ्दा त्यसको असर समग्र बजारलाई नै परेको देखिन्छ । जस्तो कारोबार सुरु भएको ३० मिनेटसम्म निरन्तर नेप्से उकालो लाग्नु र बिचमा एक घण्टा नेप्से तल ओर्लिनु पुन: बजार उकालो नै लाग्नुले पनि शेयरबजारमा लगानीकर्ताले बजार बन्द हुने अन्तिम समयमा विक्री चाप बढाएको प्रष्ट हुन्छ  । 

अब पुसदेखि बैंकहरुले ब्याजदर घटाए भने सेयर बजार पनि सकारात्मक हुने अनुमान गरिएको छ । ब्याजदर घट्ने अपेक्षामै सोमबार अन्तिम प्रहरमा नेप्से दोहोरो अंकले बढेर पुनः १९ सयकै लाइनमा फर्किएको हो । त्यसो त यतिबेला सेयर बजारका लगानीकर्ताले ब्याजदरलाई निकै ध्यान दिइरहेका छन् । मंसिरदेखि लागू हुने गरी विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाए पनि वाणिज्य बैंकहरुले भने यथावत् राखेका थिए ।
 

नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ । सोमबार कारोबार भएकामध्ये नबिल बैंकको २१ करोड ३२ लाख ४२ हजारको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top