होमपेज / अर्थ
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।