ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर

नेपालगाथा २०७९ मंसिर २१ गते बुधबार १२:३१:४४ मा प्रकाशित

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ । यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top