होमपेज / अर्थ
काठमाडौं । सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।