होमपेज / अर्थ
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेकाे छ।
१४ मंसिर बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको हाे। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १ लाख २० हजार कित्ता आईपीओ जारी गरिनेछ।
धितोपत्र निष्काशन तथा बाँडफाँड विनियमावलीअनुसार आयोजना प्रभावित स्थानीयको लागि निष्काशन हुने सेयर बाहेक सर्वसाधारणमा निष्काशन हुने सेयरको १० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्नुपर्ने हुन्छ ।