होमपेज / अर्थ
काठमाडौं । सेयर बजार दिनभरको उतारचढावका बाबजुद अन्ततः सकारात्मक बनेर बन्द भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।
यस दिन ९५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार साढे एक अर्ब रुपैयाँको सेयर करोबार भएको थियो ।मंगलबार २३४ धितोत्रको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर खरिद–बिक्री भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि धवलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ कायम भएको छ ।
हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ ।