ट्रेण्डिङ

होमपेज / अर्थ

लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट

नेपालगाथा २०७९ कार्तिक २४ गते बिहीबार १६:१८:२१ मा प्रकाशित

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।

यस दिन कारोबार रकम भने २८ करोड ७९ लाख रुपैयाँ घटेको छ । बुधबार एक अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन २२६ धितोपत्रको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर एक अर्ब ११ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढिले घटेर प्रतिकित्ता ३६४ रुपैयाँ कायम भएको छ । बिहीबार सर्वाधिक शेयर कारोबार भने शिभम् सिमेन्टको भएको देखिन्छ । कम्पनीको १० करोड २२ लाख ३५ हजार ४२८ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा शेयर मूल्य प्रतिकित्ता ६२१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top