ट्रेण्डिङ

होमपेज / अर्थ

बुधबार ३९.१५ अंकले घट्यो शेयरबजार,१८१ कम्पनीको सेयर मूल्य घट्यो

नेपालगाथा २०७९ कार्तिक २३ गते बुधबार १५:५१:४९ मा प्रकाशित

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार शेयरबजार मापक परिसूचक नेप्से ३९.१५ अंकले घटेको छ । बुधबार २ प्रतिशतले घटेको बजार १९१७.२२ बिन्दुमा झरेर बन्द भएको हो ।

यस दिन लगानीकर्ताको आकर्षण सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का योजनामा देखिएको छ । म्युचुअल फन्डप्रति इकाइ १० रुपैयाँमा निष्कासन भए पनि बजार घट्दा त्योभन्दा कम मूल्यमा पाइने स्थिति छ ।

सोमबार २ अर्ब नाघेको कारोबार रकम मंगलबार १ अर्ब ५ करोडमा झरेको थियो । तर, बुधबार भने बढेर १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top