ट्रेण्डिङ

होमपेज / अर्थ

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढाइहाल्ने,घटेर आउँदा नघटाउने?

नेपालगाथा २०७९ कार्तिक १८ गते शुक्रबार १०:१८:०४ मा प्रकाशित

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । 

आईओसीले बिहिबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले जनाएको छ । 

वाई इन्धनमा ४.७७ रुपैयाँ प्रति लिटरले बढेर आएको छ । यो सँगै निगमलाई १५ दिनमा डिजेलमा प्रतिलिटर १२.१४ रूपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रूपैयाँ प्रति सिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ। 

पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । 

मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने नीतिले आम उपभोक्ताहरू मारमा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।आइओसीबाट बारम्बार मूल्य घटेर आउँदा निगमले नघटाएपछि अब बढेर आउँदा पनि बढ्दैन भन्ने आश उपभोक्तलाई हुन्छ।तर निगमले नयाँ मूल्य पाएकै दिन  पेट्रोलियम पदार्थको मूल्य बढाइहाल्छ तर मूल्य घट्दा भने निगमले समायोजन गर्दैन।

मूल्य समायोजन भनेपछि घट्दा वा बढ्दा दुवै अवस्थामा समायोजन हुनुपर्ने होइन र?अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निरन्तर घाटा बेहोरिरहेको नेपाल आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ ।

आयल निगमले चालू आर्थिक वर्षको अन्तसम्म निगम झन्डै ५५ अर्ब घाटामा जाने हिसाब देखाएको थियाे तर निगममा हुने विभिन्न चुहावट र अनियमितता रोक्न भने निगम प्रशासन असफल हुँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top