होमपेज / अर्थ
काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
निगमले इन्धनको उपभोक्ता मूल्य नघट्ने जनाएको छ ।