होमपेज / अर्थ
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।हिजो तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।