होमपेज / अर्थ
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार स्थिर रहेको छ । बुधबारको तुलनामा नेप्से १.३८ अंकले घटेर १८४४.१४ विन्दु कायम भएको हो ।
नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् ।
सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार लामो समयदेखि वियरिस चक्रमा घुमिरहेको छ । यो चक्र सुरु भएको पनि १४ महिना भइसकेको छ । निरन्तर घटेको बजारमा सेयर भाउहरु निकै सस्ता भइसकेका छन् ।
बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।