ट्रेण्डिङ

होमपेज / अर्थ

तिहारलाई लक्षित गरेर सुन र चाँदीका सिक्का (असर्फी) बिक्री शुरु

नेपालगाथा २०७९ कार्तिक ३ गते बिहीबार १४:३७:२४ मा प्रकाशित

काठमाडौं । तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री शुरु गरेको छ । 

 राष्ट्र बैंकको टक्सार विभाग बबरमहलमा बिहीबारदेखि बिक्री सुरु गरिएको हो ।  तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु लाइनमा छन्।२.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार सात सय २६ रुपैयाँ, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार चार सय ५१ रुपैयाँ र १० ग्राम असर्फीको मूल्य ८२ हजार नौ सय दुई रुपैयाँ तोकिएको छ।

सर्वसाधारणले पनि किन्न पाउने भएकै कारण यतिबेला असर्फी किन्नेको लाइन टक्सार विभागमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top