ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ विन्दुमा

नेपालगाथा २०७९ आश्विन ३१ गते सोमबार १६:१३:३३ मा प्रकाशित

काठमाडौं ।  सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ । 

गत कारोबार दिनको तुलनमा नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ ।

घटेको बजारमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका सेयरधनीले सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार ९.६९ अंकले नेप्सेमा गिरावट भएपनि बैंकिङ उपसूचक भने बढेको थियो । दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ। बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top