होमपेज / अर्थ
काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मुल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ। डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन ।
शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।