ट्रेण्डिङ

होमपेज / अर्थ

आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १३:४४:५२ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

यस वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिएको छ ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top