होमपेज / अर्थ
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।
आजको दिन २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्सुरेन्स परेका छन् ।
बजार बढ्दा मंगलबार १३ वटै उपसमूहका सूचक हरिया हुन गए । आज सर्वाधिक फाइनान्स उपसमूहको सूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।