ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार किन उकालाे लाग्न सकिरहेकाे छैन?

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १५:५१:५५ मा प्रकाशित

काठमाडौं ।  बिहीबार शेयर बजार परिसूचक नेप्से २.१३ अंकले ओरालो लागेको छ । बिहीबार नेप्से ०.११ प्रतिशतले घटेर १९३७.७४ बिन्दुमा झरेको हो । 

आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो ।यतिबेला पुँजी बजारले सरकार र नियामकबाट दह्रो सुधारका कार्यक्रम र आम लगानीकर्ताको आत्मविश्वास वृद्धि गर्ने कार्यक्रम खोजेको छ । लगानीकर्ताको मनाबल माथि उठ्न नसक्दा नेप्से निरन्तर ह्रासोन्खुम भएको हो । 

नेपालमा केही महिनायता शेअर बजार ओरालो लाग्ने क्रम नरोकिएपछि थुप्रै लगानीकर्तामा निराशा देखिएको छ।कतिपयले अवस्थामा सुधार नआए हजारौँ लगानीकर्ता "टाट पल्टिने" भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।

 आज कारोबारमा आएका २२७ वटा कम्पनीका ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top