ट्रेण्डिङ

होमपेज / अर्थ

साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १६:४२:३८ मा प्रकाशित

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बढेको नेप्से त्यसयताका कारोबार दिनमा लगातार घटेर बन्द भएको हो ।

निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।

नेप्सेका १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ। जसमा म्युचुअल फन्ड ०.४० प्रतिशतले बढ्दा होटेल तथा पर्यटन ०.२२ प्रतिशतले बढेको छ। आज वित्त उपसमूह सबैभन्दा धेरै २.१२ प्रतिशत र जलविद्युत् २.११ प्रतिशतले घटेको छ।

 १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top