ट्रेण्डिङ

होमपेज / अर्थ

साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ओरालो

नेपालगाथा २०७९ भाद्र २० गते सोमबार १६:०५:५४ मा प्रकाशित

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । सेयर बजार परिसूचक ४.४९ अकंले घटेको छ । 

शुक्रबार बजार ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा झरेको हो । यस्तै, ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८२ अंकले घटेर ३८२.९५ बिन्दुमा पुगेको छ । 

नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल झरेको छ । तर, आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार २४ लाख ४४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ६१ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ११६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top