होमपेज / अर्थ
काठमाडौं । असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।
गत असार ३ गतेदेखि शुक्रबार पनि कारोबार हुँदै आएको थियो । अन्य देशमा पनि ५ दिनमात्रै कारोबार हुने गरेको छ । आइतबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रबार पनि सयेर कारोबार बन्द गर्न निर्णय गरेको हो ।
सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो ।