ट्रेण्डिङ

होमपेज / अर्थ

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिने

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार १२:२२:०० मा प्रकाशित

 काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमा छोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top