होमपेज / अर्थ
काठमाडौं । पुँजी बजार फेरि साइडवेजमा गएको छ । सूचकमा निकै कममात्र उतारचढाव भएको छ । शुक्रबार नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ ।
शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ ।
समग्र बजारमा गिरावट आउँदा शुक्रबार कारोबार रकम पनि करोडमा झर्न गयो । आज कारोबारमा आएका २१९ वटा कम्पनीको १३ हजारपटकको शेयर कारोबारमा ६९ करोड ८८ लाख ५ हजार रुपैयाँबराबरको १८ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ ।