होमपेज / अर्थ
काठमाडौं । पुँजी बजार सूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।
बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
यस दिन बजार ओरालो लागेसँगै ठूला कम्पनीका सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो अंकले घटेर ३८३.९३ बिन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २२५ वटा कम्पनीमध्ये ११२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७० वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, सातवटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।