होमपेज / अर्थ
काठमाडौं । पुँजी बजार घट्ने श्रृंखलाले बधुबार पनि निरन्तरता पाएको छ ।
साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २१.९७ अंक (१.१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो ।
यसदिन कारोबारमा आएका २२४ वटा कम्पनीमध्ये १५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । १ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज सर्वाधिक कमाउनेमा आरबीबी म्युचुल फण्डका लगानीकर्ता रहेका छन् भने सर्वाधिक गुमाउनेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता छन्।जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।
लाभांशको सिजनमा पनि बजारले गति लिन सकिरहेको छैन । बजार एकोहोरो ढंगले तल झरिरहेको छ । यद्यपि, सेयर बजारका लागि क्रमशः सकारात्मक खबरहरु आइरहेका छन् ।