ट्रेण्डिङ

होमपेज / अर्थ

श्रृजनशील लघुवित्तको आइपीओ बिक्री खुला

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १४:३८:४६ मा प्रकाशित

काठमाडाैं । श्रृजनशील लघुवित्तको बुधबार भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो।  यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन भएको छ । योमध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ १९  गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ  २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top