होमपेज / अर्थ
काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ । तीजको दिन बजार २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा बन्द भएको हो ।
तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो ।
नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।