होमपेज / अर्थ
काठमाडौं । नेप्सेमा आइतबार अझै ठूलो अंकको करेक्सन आएको छ ।
आज सेयर बजार ३३.३६ अंकले घटेको छ । १.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९८९.२६ अंकमा आएको हो ।नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।
लाभांश सिजन सुरु हुनै लाग्दा बजारमा भने सकारात्मक माहोल देखिएको छैन । बजारमा गिरावट आउनुका थुप्रै सहायक कारणहरु रहेका छन् ।