ट्रेण्डिङ

होमपेज / अर्थ

केही दिनको साइडवेजपछि नेप्से फेरि तल ,कारोबार रकम भने बढ्यो

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १६:२३:२१ मा प्रकाशित

काठमाडौं ।   केही दिनको साइडवेजपछि नेप्से फेरि तल झरेको छ । यस दिन सूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा आएको छ । 

नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।

हिजोको तुलनामा नेप्से घटेको भएपनि करोबार रकममा भने वृद्धि भएको छ । हिजोको तुलनामा कारोबार रकम आज १९ करोड १२ लाख रुपैयाँले बढेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँको सेयर करोबार भएकोमा आज एक अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा गिरावट आए पनि बिहीबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुन गयो । उक्त कम्पनीको शेयरमूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top