ट्रेण्डिङ

होमपेज / अर्थ

५५ उपसचिवको सरुवा

प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृतसम्म फेरिए

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १४:२५:१४ मा प्रकाशित

काठमाडौँ । अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो । 

अवधि पुगेका र नयाँ टिम मिलाउनका लागि ती अधिकृतहरूको सरुवा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । काम र दामका हिसाबले आकर्षक मानिने केही कार्यालयहरूमा जान विगतदेखि नै कर्मचारीको ठुलै रस्साकस्सी चल्ने गर्छ । 

केही दिन अघि मात्रै एयरपोर्ट भन्सारदेखि ठुला करदाता प्रमुखसम्मै गरी १० जना सहसचिवको सरुवा गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top