ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से सामान्य अंकले बढ्दा डेढ अर्बको कारोबार

के बजार अब सकारात्मक बाटोमा हिँड्ला ?

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १५:४३:४३ मा प्रकाशित

काठमाडौं ।  अन्तततः नेप्से सूचक हरियै भएर बन्द भएको छ । कारोबार अवधिभर झिनो अंकले तलमाथि गरिरहेको सूचक बजार बन्द हुने बेलामा हरियो बनेको हो।

साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।आज ०.१४ प्रतिशतले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । आज २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । 

केही दिनयताको नेप्से गतिविधिले बजार साइडवेजमा रहेको स्पष्ट छ । यस्तो अवस्थामा बजारमा खासै उतारचढाव आउँदैन । सूचकका साथमा खरिदबिक्री रकम पनि सुस्त हुने गर्छ । सेयर भाउहरुमा पनि सामान्यमात्र परिवर्तन हुन्छ । 

आज मन्दकिनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४२० रुपैयाँ कायम भएको छ । यस्तै, अपर हेवाखोला हाइड्रो पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा प्रतिकित्ता ३३१ रुपैयाँ कायम भयो । 

आज १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगतसूचक बढेको छ । यस्तै, ६ वटा उपसमूहको परिसूचक घटेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top